“सबै नागरिकलाई सुरक्षित खानेपानी सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मन्त्री यादव”


काठमाडौं ।

संघीय खानेपानी मन्त्री प्रदीप यादवले कुनै पनि समुदाय विकासको मूलधारबाट बाहिर नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य रहेको बताएका छन्।

सुनसरीको झुम्कामा आयोजित सहरी खानेपानी तथा सरसफाइ आयोजना उद्घाटन कार्यक्रममा बोल्दै उनले सबै नागरिकलाई सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उक्त आयोजनाबाट रामधुनी नगरपालिका झुम्काका चार वडाका करिब २२,७८७ नागरिक लाभान्वित हुने जनाइएको छ। मन्त्री यादवले खानेपानी मन्त्रालय सेवा–उन्मुख सामाजिक मन्त्रालय भएकाले शुद्ध खानेपानीका लागि निरन्तर प्रयास भइरहेको बताए।

उनले वित्तीय प्रगतिमा ९०५ सफलता प्राप्त भएको उल्लेख गर्दै विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने स्पष्ट पारे।