काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना, २३ जना घाइते


काठमाडौं ।

काभ्रेको भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा परेको छ। रामेछापको डोरखानीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएको हो।

दुर्घटनामा बसमा सवार ३२ यात्रुमध्ये २३ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।