भोजपुर ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट–दिप्सा–पाँचधारे सडकको कालोपत्र एक महिनामै उप्किएपछि स्थानीय आक्रोशित भएका छन्। आर एन आर आर कम्पनीले गत असार महिनामा एक किलोमिटर सडक कालोपत्र गरेको थियो। तर काम गुणस्तरीय नभएकाले सडक चिराचिरा परेको र कतै-कतै घाँस समेत उम्रिन थालेको स्थानीयको गुनासो छ।
निर्माणको क्रममा नालीको व्यवस्था नगरिएको र योजना बोर्ड समेत नराखिएको भन्दै स्थानीयले ठेकेदार र सरोकारवाला निकायमाथि कारबाहीको माग गरेका छन्। जनप्रतिनिधिहरूले पनि यस्ता गैरजिम्मेवार काममा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।











प्रतिक्रिया