ठगसँग प्रहरीको बाइक


काठमाडौं ।

सुनसरीको झुम्कामा ठगी र चोरीमा संलग्न सुवास पौडेल प्रहरीकै मोटरसाइकलमा हिँडिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

पौडेलले आफू डिएसपी भएको भन्दै ठगी र मोबाइल चोरी गर्दै आएको खुलेको छ। उनले प्रयोग गरिरहेको मोटरसाइकल रामधुनीस्थित इलाका प्रहरी कार्यालयको सरकारी नम्बरको रहेको खुलेपछि सुरक्षातन्त्रमै प्रश्न उठेको छ।

घटनाबारे अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ भने संलग्न प्रहरी कर्मचारीमाथि समेत छानबिन हुने बताइएको छ। पौडेलमाथि ठगीका पुराना मुद्दा समेत दर्ता भइसकेका छन्।