काम सकिए पनि पारिश्रमिक नपाएको गुनासो, ठेकेदार सम्पर्कविहीन


काठमाडौं ।

जुम्लाको तिला गाउँपालिका–४ नुवाकोटका कामदारहरूले भवन र खानेपानी निर्माणको काम सकाए पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन्। जाजरकोट निवासी ठेकेदार राजेन्द्र रसाइलीले डोल्पाको जगदुल्ला र जुम्लाको सिंजामा सम्पन्न योजनाका कामदारलाई झन्डै १० लाख रुपैयाँ नदिएको उनीहरूको आरोप छ।

कामदार दलबहादुर नेपालीका अनुसार डोल्पामा ४० जना र जुम्लाको जाँचमा ७१ जना कामदारले काम गरेका थिए। हाल ठेकेदार सम्पर्कविहीन छन्। पीडितहरूले ठगिने अवस्था आएपछि कारबाही र पारिश्रमिक दिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।