काठमाडौँ ।
अध्यागमन र भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि सरकारले गठन गरेको पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय समिति सक्रिय रूपमा काममा लागेको छ। समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल र कागजात संकलन कार्य तीव्र बनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वैदेशिक रोजगार विभाग, गृह, श्रम, पर्यटन, परराष्ट्र लगायतका मन्त्रालयका अधिकारीहरूसँग समिति छलफलमा जुटेको छ। भिजिट भिसाको दुरुपयोग, नक्कली कागजात प्रयोग र अध्यागमनमा देखिएको सेटिङजस्ता समस्याका विषयमा समितिले अनुसन्धान गरिरहेको छ।
समितिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा असर नपर्ने गरी तीन महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।











प्रतिक्रिया