गत वर्षको फिल्म दान्भीका निर्देशक रुपेश तामाङको निर्देशनमा एक्का तीन नामक फिल्म निर्माण हुने भएको छ।
सुमन गजमेरको लेखन रहने फिल्मको सार्वजनिक थिम पोस्टरमा हेलिकप्टर र ठूलो विष्फोट देखिन्छ। थिम पोस्टरमा तीन पात्र छन्।
जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ। फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ।
जुना फिल्मस्को प्रस्तुतिमा निर्मँण हुने फिल्मलाई एक्सन जनरामा हुनेछ। फिल्मको छायांकन चाडै नै शुरू हुनेछ। फिल्म सन् २०२६ मा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।











प्रतिक्रिया