गायक गायिका मदन ढकाल र समीक्षा अधिकारीको स्वरमा माइतीको दैलो बोलको तीज गीत टिएम म्युजिक प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा बिमला ढकाल र लक्ष्मी बस्नेतको स्वर पनि छ।
मदन ढकालको प्रस्तुतिमा सार्वजनिक गीतमा मदनकै शब्द रचना, घनश्याम खत्रीको संगीत र अनमोल बस्नेतको संगीत संयोजन अरहेको छ। गोरखामा छायांकन गरिएको गीतको भिडियोमा मोडल घनश्याम खत्री, उषा सुवेदी, विनोद बिके, गीता परियार र मञ्जु पाण्डेले अभिनय गरेका छन्।
मदनले नै निर्देशन गरेको भिडियोमा छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालको रहेको छ। भिडियोमा एक चेलीले श्रीमान्को मृत्युपछिको अवस्थालाई माइतीमा सुनाएकी छिन्।











प्रतिक्रिया