आज तीन संसदीय समितिको बैठक, तीन विधेयकमाथि छलफल


काठमाडौँ ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ, जसमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

त्यसैगरी, दिउँसो १ बजे नै विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी सैद्धान्तिक छलफल हुनेछ।

यसअघि बिहान सवा १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बसेर राष्ट्रिय निकुञ्जसम्बन्धी नीतिगत समस्याबारेको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गर्ने कार्यक्रम रहेको छ।