अभिमन्युमा कामेश्वरको चिच्याहट


आगामी भदौ २७ गते रिलिजमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ को पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा कामेश्वर चौरासियालाई खुसीले चिच्याइरहेको अवस्थामा प्रस्तुत गरिएको छ। उनको तलतिर विराटनगर कारागार छ। कारागारको छेउ, अगाडि डफल ब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिर्दैछन् कि फिरौती उठाउँँदैछन् भन्ने बुझाउँछ।

हिन्दी भर्सनमा असोज ६ गते रिलिज हुने फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ। सेभेन सिज सिनेमाको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीद्वारा निर्माणाधीन फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतका कलाकारले अभिनय गरेका छन्। सुशान्त गौतमको डेब्यु निर्देशक तथा मदन थापा क्रिएटिभ निर्देशक रहेको फिल्ममा मुकेश खनालको लेखन, शरद महतोको डिओपी र मदन घिमिरेको सम्पादन रहेको छ। फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुईंटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता तथा जीवन शाक्य लाइन प्रोड्युसर रहेका छन्।