गुरु पूर्णिमाको पावन अवसर पारेर नवीन पन्तको निर्देशनमा बाकस नामक फिल्म निर्माणको घोषणा गरिएको छ।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका लागि निर्देशक पन्तले नै कथा तयार पारेका छन्।
नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने जनाइएको छ। फिल्ममा शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रचना रहनेछ।
तिहारपछि सुटिङ फ्लोरमा जाने तयारीमा जने फिल्म २०८३ सालमा रिलिजमा आउनेछ।











प्रतिक्रिया