काठमाडौं ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पछिल्लो समय सभापति शेरबहादुर देउवासँगको दूरी बढ्दै शेखर कोइरालासँग नजिकिएको चर्चा भइरहेको छ। बुधबार बिहान खाण विराटनगरस्थित कोइराला निवास पुगेका थिए, जहाँ उनले कोइराला परिवारको योगदान स्मरण गर्दै निवासलाई प्रजातन्त्रका लागि पवित्र स्थल भने।
पूर्व गृहमन्त्रीसमेत रहेका खाणले पत्रकारहरूसँग खुलेर नबोलेपनि, पार्टी, संविधान र अनुशासनसम्बन्धी धारणा राखे। उनले देउवाको सफलता कांग्रेसको सफलता भएको बताउँदै सभापतिलाई अझै साथ रहेको जनाए। तर, २०८० मा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि देउवासँग खटपट बढेको जनाइएको छ।
जेलमा रहेका बेला शेखर कोइरालाले भेट गरेपछि उनीहरूबीचको सम्बन्ध गहिरिएको शेखर पक्षको दाबी छ। यद्यपि, देउवालाई दलको नेताबाट हटाउने प्रयासमा खाणले खुलेर साथ दिएका छैनन्। तर, शेखर निकट नेताहरूले खाण आफ्नो टिममा आउन लागेकामा सन्तुष्टि जनाएका छन्।












प्रतिक्रिया