किराती महाजातिभित्रका कुलुङ जातिका जन्म, विवाह, मृत्यु आदिका बारेमा लिखित त्यस्तो दस्तावेज केही तयार भएको थिएन । फलतः अहिलेसम्म ‘थुतुरी वेद’ भनीकन मौखिकरुपमै हाम्रा नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिले जे जानेको रीसीवा मन्त्र–तन्त्र र परम्परागत रुपमा आफूभन्दा पहिलेका नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिले फलाक्दै, गाउँदै आएको रीसीवा जुन हो, त्यो सुनेको आधारमा र आफूले टिपेको अर्थात् व्यक्ति स्वयंले याद गरेको भरमा जे जानेको छ, सोही आधारमा नयाँ उत्रने धामी–झाँक्रीहरुले फलाक्ने गरेका छन् । हुन त कुलुङ जातिमा जो नयाँ धामी–झाँक्री उत्रने गर्छन्, उनीहरुलाई आफ्नो गुरुले सम्पूर्णरुपमा तन्त्र–मन्त्रले सक्षम बनाएर मात्रै, सम्पूर्ण रुपमा विद्या दिएर मात्रै धामी–झाँक्री बन्न÷उत्रन अनुमति दिन्छन् भन्ने जनविश्वास रहेको छ ।
जे होस्, धेरै लामो समयपछि कुलुङ जातिको उत्पत्ति, कुलुङ जातिको संस्कार, संस्कृति, पूजाविधि, पूजा गरिनुपर्ने कारण, चालचलन, रीतिथिति, परम्परागत कानुन, लोक मान्यता, लोक विश्वास, वंश–परम्परा, पिता–पुर्खाको इतिहास, ऐतिहासिक भूमि, नाता–सम्बन्ध, देवी–देवता, विवाह, विवाहका प्रकार, मृत्यु, मृत्युका प्रकार अनि त्यस्ता मृत्युमा गरिने फरक–फरक विधि र विधानहरु, साइपोम (शिर उठाउने), कुलुङ धामी–झाँक्रीहरुले नाच्ने विभिन्न खालका नाच र ती नाचका पनि अनेकौं प्रकारलगायत कुलुङ जातिमा मानिस जन्मेदेखि नमरेसम्म गरिने एक–एक विधि–विधानका सम्बन्धमा डिट्ठो नबिराईकन मेलैसँग टिपोट गरेर लेखिएको बृहद् रुपको किताब (सोक्सोहर) नाम हो– कुलु रिदुम् ।
हुन त यो कामको शुरुवातचाहिँ विगत ५–६ वर्षअघि नै शुरु गरिएको हो । यसको शुरुवातचाहिँ ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खम) बाला इकाइ’ संखुवासभाले गरेको हो । त्यसै क्रममा बालाकै प्रेमचन्द्र सोम्फोरु (तर यो किताबमा सम्फो रु लेखिएको छ) ले सो किताब (नाम अर्कै रहेको थियो) लाई फाइनल रुप दिने क्रममा हेर्दा त्यसलाई त अझ बृहत् रुपमा समेट्न सकिने सम्भावना देखेपछि उहाँले वि.सं २०७९\०८० देखि नै अनौपचारिकरुपमा जति पनि नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिलाई भेट्टाउन र सम्पर्क गर्न सक्नुभयो । उहाँहरुलाई भेट्ने, सोध्ने, खोज्ने र लेख्ने क्रम शुरु गर्नुभयो ।
त्यसै क्रममा फाइनल गर्न भनी गएको बैशाख २९ (वि.सं. २०८१) गतेदेखि जेठ ४ गतेसम्म संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नम्बर–३ ताम्कूको लकूवा गाउँमा बृहद् रुपमा नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू एवं प्रकारले कुलुङ बुद्धिजीवीहरुका साथै सरोकारवालाहरुलाई भेला गरेर छलफल, बहस चलाएर अन्तिम निचोड निकालिएको थियो । अझ त्यसलाई पनि अन्तिम रुप दिन लेखक पे्रमचन्द्र सम्फोरु, जंगबहादुर दावारलगायतको टोली कुलुङ जाति ऐतिहासिक भूमि अर्थात् आधुनिक मानव विकासका क्रममा घुमन्ते तथा सिकारी युगका साथै कृषियुग शुरु भएपछि कुलुङ चार पुर्खाहरु राताप्खू खप्दूलू, ताम्सी र छेम्सीले स्थायीरुपमा रासोबासो शुरु गरेको भूमि ‘महाकुलुङ भूमि (जुन सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्छ) को विभिन्न गाउँका पितापुर्खाहरुलाई भेट्न र उनीहरुका राय–सल्लाह लिन जानुभएको थियो ।
हुन पनि आजै, अहिल्यै हामी कुलुङ जातिका पढालेखा विद्वान्, सामाजिक कार्यकर्ता तथा अगुवा केही जान्ने–बुझनेमानिसहरुले हाम्रो पितापुर्खाहरुको इतिहास, हाम्रो ऐतिहासिक भूमि, मातृभाषा, मौलिक भेषभुषा, चाडपर्व, मेला, चालचलन, रहनसहन, संस्कार, संस्कृति, रीतिरिवाज, गीत, संगीत, बाजागाजा, परम्परागत ज्ञान, हामी भन्ने भावना, हाम्रा पितापुर्खाहरुको इतिहास, त्यसमा पनि अझ खास गरीकन नागिरे, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपुस, रोङछोप आदिले आप्mनो काम–कर्म गर्ने गर्दा खाई–खेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् ‘नाताबम’ र उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) र फर्कने बाटाको वर्णन आदिबारेमा धेरै कुराहरुको निचोडमा आएको छ । निश्चय नै एउटा सिंगो जाति, त्यो पनि कम्तीमा ५–६ हजार वर्षदेखि लगभग ८–९ हजार वर्षको इतिहास रहेको र हिन्दुहरुको मिथक वा भनौँ कथा महाभारत कथामा समेत उल्लेख भएअनुसार युद्ध हुने क्रममा हार्ने पक्षका लागि लडेका–लड्ने इच्छा देखाएका किरातीका सन्तान हामी एक जाति मात्रै नभएर महाजाति, सभ्यता, इतिहास, भूगोल, धर्मका रुपमा पनि स्थापित भएको किरात वा किरती हौं । हो, त्यही महाजातिभित्रको एक जाति हो– कुलुङ जाति ।
यसरी हेर्दा कुलुङ जातिको समग्र इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक भेषभुषा, चाडपर्व, संस्कार, चालचलन, रहनसहन, संस्कृति, रीतिरिवाज, परम्परागत ज्ञान, गीत–संगीत, बाजागाजा, हामी भन्ने भावना, हाम्रा पितापुर्खाहरु, त्यसमा पनि खास गरीकन नागिरे, नोक्छो, कूबीमी, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपुस, रोङछोप आदिले आप्mनो कर्म गर्दा खाई–खेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् नाताबम र उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) हरुको वर्णन आदिबारेमा धेरै कुराको निचोड आएको छ । अझ त्यसमा पनि जोड दिएर भन्नुपर्दा, कुलुङ जातिमा रहेका विभिन्न संस्कार–संस्कृतिमा जन्म संस्कार, विवाह संस्कार, विवाहमा पनि दुई–तीन प्रकारका विवाह, मृत्यु संस्कार, अझ मृत्यु संस्कारमा पनि ‘नसी’ र ‘हिल्सी’, ‘हिल्सी’मा पनि ‘मोमोसी’, ‘चीचीमा सी’ आदिबारे बहस र छलफल गरेर सकारात्मक ढंगले निचोड निकालिएको छ, यस पुस्तकमा ।
निश्चय नै माथि भनिए एउटा सिंगो जाति, त्यो पनि कम्तीमा ५–६ हजार वर्षदेखि लगभग ८–९ हजार वर्षको इतिहास बोकेको र हिन्दुहरुको महाभारत कथामा समेत उल्लेख भएको किराती महाजातिभित्रका कुलुङ जातिको समग्रमा सबै कुरो ७ दिनको छलफल, अन्तरक्रिया र बहसमा आउने कुरो भएन, आउन सक्दैन नै । र, यस्तो कुरो कसैले आशा गरेको पनि हुँदैन, गर्नुहुँदैन । तर पनि ७ दिने कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा आदरणीय खूलू (पुर्खा) हरुले सौहार्दपूर्ण ढंगले हरेक विषयमा मिहिन ढंगले छलफल, बहस गरेर एकमतले यो कुरो यस्तो हो है भनी निचोड निकाल्दै पारित गरेका थिए । जुन कुरोलाई प्रेम सम्फोरु (उहाँ आफुले आफूलाई प्रेम किराती लेख्नुहुन्छ, प्रेम किरातीको नामले चिनाउनुहुन्छ) ले लिखितमा उतार्नुभएको थियो । सो काम फाइनल गरेर हालै (गत जेठ अन्तिम २०८२ मा) किताबका रुपमा प्रकाशित गरिएको हो ।
यस्तो ऐतिहासिक कामको सबैभन्दा ठूलो जश प्रेम सम्फोरुलाई नै जान्छ । किनभने उहाँ एक धनी एवं सम्पन्न परिवारको मान्छे भएर पनि, अझ त्यसमा पनि नेपाल सरकारको निजामती कर्मचारीको राम्रै पदमा रहेर पनि उहाँले आफना समुदाय एवं भावी पुस्ता र समग्र कुलुङ जातिको लोप हुन आँटेको, लोप हुन लागेको, कतिपय त लोप भएको संस्कार, संस्कृति आदि सम्झेर अहोरात्र खटेर गर्नुभो, अनि त्यस क्रममा रुघाखोकी, चिसो, निद्रा आदि केही नभनी बिहान सबेरै उठेर यसो यताउता हेरेर खूलूहरु उठ्नेबित्तिकैदेखि रातको लगभग साढे १०–११ बजेसम्म खट्नुभएको थियो, त्यो मैलै एक सहभागीको हिसाबले बिर्सिसकेको छैन । त्यो बेलाको काम सम्झेर यो लेख लेखिरहँदा शनैः शनैः म आफ्से आफ द्रवीभूत भइरहेको छु । त्यस्तै गरेर व्यवस्थापनमा खट्नुभएका र किताबका लागि खूलूहरुले भनेकै आधारमा त्यति राम्रो चित्र कोर्न सक्ने÷सक्नुभएका (चित्र कोर्ने काममा खट्नुभएका) लकुवा गाउँकै जंगबहादुर दावारको योगदानलाई पनि हामीले कम आँक्नुुहुँदैन । त्यसो गर्दाखेरि हामीले उहाँप्रति सरासर अन्याय गरेको ठहर्छ ।
अन्त्यमा, आजको जस्तो जमानामा कतिपय मान्छे केवल पैसाबाहेक केही नसोच्ने, नदेख्ने स्वभावका हुन्छन् । पैसा हो भने मान्छेको दिसामा खसेको छ भने पनि दाँत गाडेर टिप्ने प्रवृत्ति मौलाइरहेको छ । यो बेला पैसा कमाउनेतर्फ र निजी स्वार्थमा लिप्त हुनेभन्दा पनि समुदायको स्वार्थलाई केन्द्रविन्दुमा राखेर ‘कुलु रिदुम्’ नामक किताब प्रकाशमा आएको छ । यसका लागि रात–दिन खटेर पुस्तकलाई यो स्तरमा ल्याइपु¥याउन र लेखन कार्यको लागि मेहनत गर्नुभएकोमा सम्पूर्ण कुलुङ जातिका तर्पmबाट लेखक, संकलक, सम्पादक तथा मोटिभेटर एवं चिन्तक प्रेम सम्फोरुलाई सम्पूर्ण कुलुङहरुका तफबाट अन्तर–हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु ।











प्रतिक्रिया