सामाजिक कथामा निर्माणाधीन फिल्म जनै हराएको मान्छे : सम्बन्धका धागाहरूको टिजर सार्वजनिक
गरिएको छ।
विवाहको दृश्यबाट शुरू हुने टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ।फिल्मका मुख्य पात्र विजय बरालको कोरिया सपनाको जगमा बनेको फिल्मको टिजर उनले कोरिया जान बुवालाई मनाउ“दाको नोकझोक र काठमाडौं पुगेपछि आप्mनै गाउ“लेले गरेको ठगीको वरिपरि घुमेको छ। कोरिया जान काठमाडौं आएका विजय कसरी अलमलमा पर्छन् र सपना गन्तव्यहीन बन्न पुग्छ भन्ने विषय टिजरमा छ। प्रेम र त्यसको सुखसमेत जोडिएको टिजरमा फिल्मका मुख्य पात्र विजयस“गै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई प्रस्तुत गरिएको छ।
आगामी भाद्र ६ गते रिलिज हुने फिल्म हिमाल न्यौपानेले निर्देशन गरेका छन् भने अभिनेता मनिष राउत असोसियट निर्देशक छन्। विजय, केकी, मिरुना, भोलाराज र सुशांकका साथ रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतले अभिनय गरेको फिल्म पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरिरहेका छन्। नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता रहेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद, थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी र भरत रेग्मीको सम्पादन रहेको छ।
आफ्नै टिमको हिस्सा बनेका मुख्य कलाकार र सम्पादकले सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा आयोजित राष्ट्रिय फिल्म अवार्ड समारोहमा उत्कृष्ट अभिनेता र सम्पादनको अवार्ड जितेपछि जनै हराएको मान्छे ः सम्बन्धका धागाहरूको टिमले विजय भरतलाई सम्मान गरेको छ।











प्रतिक्रिया