बलिउड अभिनेता निर्माता तथा निर्देशक धीरजकुमारको मंगलबार निधन ७९ वर्षको उमेरमा निधन भएको छ।
श्वास फेर्न गाह्रो भएपछि उनलाई सोमबार मुम्बईस्थित सोमकोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो। निमोनियाको कारण स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो।
फिल्म हीरा पन्ना, रोटी कपडा और मकान, बहारो फूल बरसाओजस्ता थुप्रै उत्कृष्ट फिल्ममा देखिएका र मिली, घरकी लक्ष्मी बेटिया मायकाजस्ता टेलिभिजन शोज निर्माण गरेका धीरजकुमारले आफ्नो करिअरको शुरूवात फिल्मफेयर ट्यालेन्ट हन्ट प्रतियोगितामा राजेश खन्नास“ग मोडलको रूपमा कडा प्रतिस्पर्धासहित गरेका थिए। प्रतियोगितामा राजेश खन्ना पहिलो, सुभाष घई दोस्रो र धीरजकुमार तेस्रो स्थानमा आएका थिए। यी तीनै विजेता पछि हिन्दी फिल्मी क्षेत्रमा पाइला टेकेर सफल भएका थिए।
१९७० देखि १९८५ सम्म उनले हीरा पन्ना, शिरडीके साई बाबा, सरगम, माग भरो सजना, क्रान्ति, पुराना मन्दिर, कर्म युद्ध, बेपनाहजस्ता फिल्ममा काम गरेका थिए। त्यसपछि उनले क्रियटिव आई नामक प्रोडक्सन हाउसको स्थापना गरी टेलिभिजन क्षेत्रमा निर्माता तथा निर्देशकको रूपमा पाइला टेकेका थिए। उनले त्यसबाट ओम नमः शिवाय, श्री गणेश, मिली, घर की लक्ष्मी बेटिया, मन मे है विश्वास, ये प्यार न होगा कम, तुझस“ग प्रीत लगाई सजना, नादानिया, इश्क सुबहान अल्लाहजस्ता चर्चित टेलिभिजन शो निर्माण गरेका थिए।











प्रतिक्रिया