काठमाडौं ।
सुर्खेत प्रहरीले मिडिया हाउसको आडमा नक्कली नेपाली नोट छाप्ने र अफिम कारोबार गर्ने गिरोह पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोट, कालिकोट र बाँकेका ६ जना छन्, जसमा एक महिला समेत छन्। उनीहरूको साथबाट १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोभन्दा बढी अफिमजस्तो देखिने पदार्थ र नोट छाप्ने उपकरण बरामद गरिएको छ।
एक तरकारी व्यापारीले नक्कली नोटबारे प्रहरीलाई सूचना दिएपछि अनुसन्धान सुरु भएको थियो। अनुसन्धान क्रमशः जाजरकोट, सुर्खेत, बाँके हुँदै कोहलपुरको जनगर्जन नेटवर्क प्रा. लि. मिडिया हाउससम्म पुगेको हो। त्यहीँबाट प्रहरीले मास्टरमाइन्ड मानबहादुर सहकारीलाई पक्राउ गरेको हो। उनले मिडिया हाउसको नाममा अफिम कारोबार र नक्कली नोट छाप्ने स्वीकारेका छन्।
प्रहरीले यो घटनाबाट लागुऔषध र नक्कली नोट कारोबारबीचको सम्बन्ध पुष्टि भएको जनाएको छ। फरार रहेका जयबहादुर विष्टको खोजी भइरहेको छ।












प्रतिक्रिया