१) गन्ध रंग नभए पो पानी हुन्छ
स्वाद केही नभए पो पानी हुन्छ
शहरमा विग्रियो परिभाषा अव त
ढल मिसिएपछि बल्ल पानी हुन्छ ।
२) खेती गर्नलाई चिस्यान हुँदैन,
रोप्ने बेलामा बिजन हुँदैन,
खेती गर्ने युवा विदेशिए हजुर,
लालपुर्जा बोक्दैमा किसान हुँदैन ।
३) कहिले एकछिनमा वित्छ जिन्दगी,
कहिले एकिछन विताउन सक्दैन जिन्दगी,
भाव विहिन हुन्छ एकनासे जिन्दगी
हाँसो र दुःख विच जे हुन्छ त्यही हो जिन्दगी ।
४) आँशु नआए आँखाको के काम भो रु
मुस्कान नआए ओठको के दाम भो रु
जसरी जे आए पनि
कुण्ठा मनको फुकाउने दुवैको काम हो ।
५) लाग्छ धेरैलाई लक्ष्य भेटिदैन,
लक्ष्य भेट्ने प्यास मेटिदैन,
जिउने आधार त चाहियो नि हजुर
लक्ष्य राख्दैमा घाँटी रेटिदैन ।
६) जिन्दगीले हरपल ज्ञान सिकाउँछ,
विहानदेखि साँझसम्म शब्द विकाउँछ,
जिन्दगी त थोरै पलको हो हजुर,
कुन पल सासले शरीर मिल्काउँछ ।
७) कसैलाई आँशु आएर दुःख छ,
कसैलाई आँशु नआएर दुःख छ,
मनको व्यथा के थाहा हजुर १
हेर्दा आँखा नहुनेलाई ढुक्क छ ।
८) दिन विना कुनै रात हुँदैन,
रात विना कुनै प्रभात हुँदैन,
रक्सि पिउनु त बहाना हो हजुर,
धोका नपाए कोही बर्वाद हुँदैन
९) गाउँमा कि त टुरिष्ट नेता भेटिन्छ,
कि त नेता बोक्ने केटा भेटिन्छ,
पौरख गर्ने युवा त विदेशिए हजुर
गाउँमा असहाय बुढाबुढीको ब्यथा भेटिन्छ ।











प्रतिक्रिया