मुम्बई।
निर्माता, निर्देशक तथा अभिनेता धीरज कुमारको ८० वर्षको उमेरमा निधन भएको छ। उनलाई शनिबार निमोनियाका कारण मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा मंगलबार बिहान ११:३० बजे अंगअंगको कार्य क्षमतामा समस्या आएपछि उनले अन्तिम सास फेरेका हुन्।
१९६० को दशकमा प्रतिभा खोज प्रतियोगिताबाट अभिनय क्षेत्रमा प्रवेश गरेका धीरज कुमारले ‘उधर का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रांति’, ‘मांग भरो सजना’, ‘पुराण मन्दिर’, ‘कर्म युद्ध’ लगायतका चर्चित फिल्महरूमा अभिनय गरेका थिए। हिन्दी चलचित्रमा काम गर्नुअघि उनले २० भन्दा बढी पञ्जाबी चलचित्रमा समेत अभिनय गरेका थिए।
सन् १९८६ मा उनले आफ्नै ‘क्रिएटिभ आई’ नामक निर्माण कम्पनी स्थापना गरी लोकप्रिय पौराणिक धारावाहिक र चलचित्र निर्माण गरेका थिए। भारतीय टेलिभिजन र चलचित्र क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको थियो।











प्रतिक्रिया