४ सय ३६  किलो गाँजासहित एकजना पक्राउ

8.65k
Shares

उदयपुर ।

उदयपुरको कटारीमा सशस्त्र प्रहरीले ठूलो परिणाममा अवैध गाँजा बरामद गरेको छ। कटारी २ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ गरेको   हो।

सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए। उनका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहा तर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो।

गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि उनलाई ईलाका प्रहरी कार्यालय कटारी उदयपुरमा बुझाएको निरीक्षक राउतले बताए ।

पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी र चेकजाँच कडा बनाउँदै लगेपछि तस्करीसहितका अवैध गतिविधि नियन्त्रणमा आउन थालेका छन्। सशस्त्र प्रहरीले यसअघि पनि कटारी आसपासका क्षेत्रमा अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ।