यस वर्षको राष्ट्रिय फिल्म अवार्ड अभिनेता विजय बराल र अभिनेत्री उपासना सिंह ठकुरीले चुमेका छन्।
चलचित्र विकास बोर्डले प्रत्येक वर्ष फिल्मकर्मीलाई प्रदान गर्दै आएको राष्ट्रिय फिल्म अवार्डअन्तर्गत सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित राष्ट्रिय फिल्म अवार्ड तथा सम्मान २०८२ मा विजयले फिल्म पूर्णबहादुरको सारंगी र उपासनाले खुश्माबाट अभिनेता र अभिनेत्रीको अवार्ड चुमेका हुन्। समारोहमा विजयी फिल्म, कलाकार र प्राविधिकलाई प्रमूख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गरे।
बोर्डका अध्यक्ष दिनेश डिसीको सभापतित्व तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा उत्कृष्ट फिल्मको अवार्ड शाम्बालाले प्राप्त गरेको छ भने निर्देशकको अवार्ड सोही फिल्मबाट मीन बहादुर भामले पाए।
त्यसैगरी छक्कापञ्जा ५ बाट दीपकराज गिरीले कथा, पटकथा र संवाद लेखन, पिताम्बरबाट पुरुषेत्तम प्रधानले छायाँकार र पुजार सार्कीबाट भरत रेग्मीले सम्पादनको अवार्ड चुमे। समारोहमा पुजार सार्कीबाट अभिनेता प्रदीप खड्कालाई निर्णायक समिति प्रोत्साहन अवार्ड प्रदान गरियो भने नेपाल भाषाको फिल्म गालाय वनले आदिवासी मातृभाषी फिल्मको अवार्ड चुम्यो।
समारोहमा मगर भाषाको फिल्म दिलसारा र लिम्बु भाषाको फिल्म चेलाई विशेष फिल्म अवार्ड २०८१ प्रदान गरियो। यी पुरस्कार प्राप्त गर्ने फिल्मलाई सब टँइटलका लागि दुई लाख रुपियाँ नगद प्रदान गरिने बोर्डले जनाएको छ।वर्ष २०८१ मा रिलिज भएका फिल्मबाट राष्ट्रिय फिल्म अवार्ड प्रदान गरिएको पनि बोर्डले जानकारी गराएको छ।
अवार्डका लागि अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, द्वन्द्व निर्देशक एन बी महर्जन, एनिमेटर तथा फिल्म सम्पादक करुण थापा, निर्देशक सुचित्रा श्रेष्ठ र दीपेन्द्र के खनाल निर्णायक रहेका थिए । फिल्म लेखक, निर्देशक तथा अध्यापक लक्ष्मीनाथ शर्मालाई साँढे पाँच दशकदेखि योगदान पु¥याएवापत ३ लाख ७५ हजार रुपियाँ नगदसहित फिल्म दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको समारोहमा १० जना फिल्मकर्मीलाई विशेष योगदान सम्मानबाट सम्मानित गरिएको छ।
समारोहमा कलाकार तथा निर्देशक अनुप बराल, निर्देशक तथा प्राविधिक पर्शुराम चौधरी, अभिनेता निखिल उप्रेती, कलाकार प्रेम सुब्बा, उत्तम केसी, अभिनेत्री सुरक्षा पन्त, अन्जु रन्जितकार, गायिका देविका बन्दना, फिल्म प्रदर्शक तथा वितरक नकिम उद्दिन र छायाँकार दीर्घ गुरुङलाई विशेष योगदान सम्मानबाट सम्मानित गरिएको हो।
कार्यक्रममा तुलसी घिमिरेद्वारा निर्देशित फिल्म चिनोको छायांकनको क्रममा पानीमा डुबेका सहकर्मीलाई उद्धार गर्ने क्रममा आफै डुबेर निधन भएका फिल्म प्राविधिक स्व. श्रवण मास्केलाई नगद ५० हजार रुपियाँसहित मरणोपरान्त विशेष योगदान सम्मानबाट सम्मान गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कलाकर्मीहरूलाई यस किसिमको अवार्डले भविष्यमा थप अगाडि बढ्न प्रोत्साहन मिल्ने चर्चा गर्दै मानव समाजलाई प्रभावित र प्रेरित गर्न फिल्मको महत्वपूर्ण भूमिका हुने बताए। ‘फिल्मले स्वस्थ मनोरञ्जन, सुशासन र प्रेरणा दिन महत्वपूर्ण भूमिका खेल्छ। त्यसकारण गुणात्मक र प्रतिस्पर्धी फिल्म बनाउन ध्यान दिनु आजको आवश्यकता हो’ राष्ट्रपति पौडेलले भने ‘हिमाल, पहाड र तराईको कारण नेपाल आफैमा एक प्राकृतिक फिल्म स्टुडीयो हो। यसले रोजगारी पर्यटन र आर्थिक रूपमा देशलाई टेवा पु¥याउने र विश्वसामु पुग्ने हु“दा फिल्को गुणस्तरमा ध्यान दिदै विश्वस्तरको प्रतिस्पर्धामा जानुपर्छ।’
बोर्डका सदस्य सचिव राजेशकुमार थापाले समारोह फिल्म क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रम भएको चर्चा गरे। सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरूङले बोर्डले गर्ने यस्तो कार्यक्रमले सिनेमाको विकास, विस्तार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै नेपाली फिल्म क्ष्ँेत्रले आवश्यक विकास र प्रतिस्पर्धा गर्न नसकेको औ“ल्याए। ‘समयअनुसार विकास हुनका लागि आजको समाज र आवश्यकताअनुसारको ऐन कानुन ठीक हुन पर्छ। अनि मात्र कुनै पनि क्षेत्रको विकास हुन्छ। त्यही कारण आजको आवश्यकताअनुसार फिल्म विधेयक संसदमा दर्ता गरेर छलफल भइरहेको छ। सम्भवतः यस वर्षभित्र फिल्म क्षेत्रले ऐन प्राप्त गर्छ’ मन्त्री गुरुङले भने ‘फिल्म क्षेत्रका लागि यस अघिका मन्त्रीहरूले केही न केही त गर्नुपथ्र्यो। तर केही नै भएको रहेनछ।
बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले गत वर्षको अवार्ड समारोहमा २ वर्षभित्र गर्ने भनेको काम ८ महिनामै गरेको बताए। यसपटक बोर्डको ९३ प्रतिशत बेरुजु फछ्यौट गर्न सफल भएकोे जनाउँदै डिसीले आफ्नो नेतृत्वमा भएका विभिन्न कार्यबारे जानकारी गराए।











प्रतिक्रिया