काठमाडौं।
यस वर्षको राष्ट्रिय फिल्म अवार्डअन्तर्गतको फिल्म दीर्घ साधना सम्मानबाट फिल्म लेखक, निर्देशक तथा अध्यापक लक्ष्मीनाथ शर्मालाई सम्मानित गरिएको छ ।
चलचित्र विकास बोर्डद्वारा सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय फिल्म अवार्ड तथा सम्मान २०८२ मा शर्मालाई फिल्म दीर्घ साधना सम्मान २०८१ बाट सम्मानित गरिएको हो । साढे पाच दशकदेखि फिल्मका विभिन्न विधाबाट फिल्म क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका शर्मालाई नगद ३ लाख ७५ हजार रुपियाँसहित रास्ट्रपति रामचन्द्र पौडेलले सम्मान प्रदान गर्नुभएको हो ।
उहाँलाई बाजागाजासहितको सम्मानका साथ मञ्चमा पु¥याएर फिल्म दीर्घ साधना सम्मान २०८१ प्रदान गरिएको थियो । शर्मालाई सम्मान गरिँदा राष्ट्रपति भवनको हलमा सहभागी फिल्मकर्मीले स्वतःस्पूmर्तरुपमा उठेर उहाँप्रति सम्मानभाव व्यक्त गरेका थिए ।
दुई दर्जन फिल्म लेखन र निर्देशन गर्नुभएका शर्माले बदलिँदो आकाश नामक फिल्मबाट निर्देशन यात्रा शुरु गर्नुभएको थियो । उहाँले त्यसअघि तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा सेवा गर्ने क्रममा पटकथा लेखनबाट करियर शुरु गर्नुभएको थियो । उहाँले शान्तिदीप, मिलन, सारंगी, छोरी बुहारी, साथी, जीतलगायतका फिल्म निर्देशन गर्नुभएको छ । टेलिफिल्म र वृत्तचित्र निर्देशनसमेत गर्नुभएका शर्माले विभिन्न कलेजमा फिल्म अध्यापन गराउँदै आउनुभएको छ ।
तस्वीर ः रंगराज आचार्य











प्रतिक्रिया