गृहमन्त्रीको निर्देशन: स्पेन भ्रमणको छानबिन गरिँदै


काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको स्पेन भ्रमणमा गैरसरकारी व्यक्तिहरू भिजिट भिसामा सहभागी भएको विषयमा छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा सोमबार बसेको बैठकमा लेखकले भ्रमणमा कसले कसरी भिसा लिएर गयो भन्नेबारे स्पष्ट पार्न अनुसन्धान गर्न भनेका हुन्।

छानबिन केन्द्रीय अनुसन्धान ब्युरो CIB र मानव बेचबिखन अनुसन्धान ब्युरोले गर्नेछ। दोषी पाइए कारबाही गरिने गृह मन्त्रालयको सचिवालयले जनाएको छ। भ्रमणमा सहभागी केही व्यक्ति स्वदेश नफर्किएको समाचार बाहिर आएपछि यो प्रकरण विवादमा आएको हो।