त्रिविको सर्भर डाउन, सेवा आयोगको आवेदन प्रभावित


काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सर्भर आइतबार रातिदेखि डाउन भएको छ, जसका कारण त्रिवि, सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयका वेबसाइटहरू सोमबार बिहानसम्म नखुलेका हुन्।

सर्भर नखुल्दा अनलाइन फारम भर्न नसकिएको सेवाग्राहीहरूको गुनासो छ। त्रिवि सेवा आयोगले २१ जेठमा ५०० भन्दा बढी प्राध्यापक र उपप्राध्यापक पदमा आवेदन खुला गरेको थियो।

अनलाइन आवेदन फारम भरिने प्रक्रिया प्रभावित बनेको छ। त्रिवि प्रशासनले सर्भर मर्मतको काम भइरहेको जनाएको छ।