प्रमुख प्रतिपक्षी दल नेता प्रचण्ड आज संसदमा बोल्दै


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। माओवादी केन्द्रले आफ्ना ३२ जना सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको छ।

प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधनको जानकारीसहित सांसदहरूलाई सन्देश पठाएका छन्।