र्‍यापमा नेपाली समाजको चित्रण


विद्यमान नेपाली समाजको चित्रण गर्दै र्‍यापर मनोज ओलीको नयाँ र्‍याप सार्वजनिक गरिएको छ।जुनसुकै तन्त्र र वाद आए पनि धनी झन् धनी हुँदै गएको र गरिबका दुःख झन् बढ्दै गएको चित्रण र्‍यापमा गरिएको छ।

गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्‍यापमा प्रस्तुत गरिएको छ। राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले चित्रण गरेको छ।

अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि वञ्चित हुनु परिरहेको अवस्था र्‍यापमा पोखिएको छ।

यसको भिडियोमा मुुकुन भुुसाललगायत कलाकारले अभिनय गरेका छन् भने भिडियो निर्देशन निकेश खड्काले गरेका छन्।