क्याप्टेन साब बन्ने


दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म क्याप्टेन साबको बिहीबार राजधानीको गौरीघाटमा शुभमुहूर्त गरिएको छ।
व्यवसायी तथा सञ्चार उद्यमी क्या. रामेश्वर थापाको बायोग्राफीमा बन्ने फिल्मको मुहुर्तमा व्यवसायी डा. उपेन्द्र महतोले कल्याप र क्याप्टेन थापाले सट निर्देशन गरेका थिए।

पटकथा प्रडक्सनको ब्यानरमा दीपेन्द के खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनालको निर्माणमा बन्ने फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीले मुख्य भूमिकामा अभिनय गर्नेछन्। कृष्णबहादुर थापाले छायांकन गर्ने फिल्मको सुटिङ भदौको पहिलो साताबाट काठमाडौंस“गै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ।

‘क्याप्टेन साब एक फरक खालको फिल्म हुनेछ। यसले क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्नेछ’ निर्देशक खनालले भने।
सिर्जना नापित कार्यकारी निर्माता रहने फिल्ममा निर्देशक खनालकै लेखन रहनेछ।