काठमाडौं ।
सुनसरीको हरिनगर गाउँपालिका-६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीया अर्सी खातुनको हत्या गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार गोली उनीकै भिनाजुले हानी हत्या गरेको खुलेको छ।
प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले गोली हानेका थिए र घटनास्थलमै किशोरीको मृत्यु भएको छ।
घटनास्थल नजिकै एउटा खोका पनि फेला परेको छ। आरोपी मिया फरार छन् र उनको खोजी कार्य जारी छ। गोली प्रहारको कारण हालसम्म खुलेको छैन। उक्त क्षेत्र भारतीय सीमानजिक पर्ने भएकाले अनुसन्धान थप जारी छ।











प्रतिक्रिया