क्यान्सर औषधि र सामग्री चार अस्पताललाई हस्तान्तरण


काठमाडौं ।

अमेरिकास्थित ‘डाइरेक्ट रिलिफ’को सहयोग र ‘वान हार्ट वर्ल्डवाइड’को समन्वयमा क्यान्सरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

ती सामग्रीहरू आजै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, र वीर अस्पताललाई वितरण गरिएको छ।