राष्ट्रपति पौडेलद्वारा भानुभक्तको योगदानको स्मरण


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषिक एकता स्थापनामा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताएका छन्। भानुभक्तको २१२औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गरे।

राष्ट्रपतिले वाल्मीकि रामायणको सरल नेपाली अनुवादमार्फत भानुभक्तले साहित्य जनसाधारणको पहुँचमा पुर्याएको उल्लेख गर्दै उनले भावनात्मक एकता र जनचेतनाको विकासमा खेलेको भूमिकाको सराहना गरेका छन्।