कञ्चनपुरमा छाउगोठमा सुत्दा सर्पदंशबाट महिलाको मृत्यु


काठमाडौं ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार राति सुतिरहेको अवस्थामा बाँया गालामा सर्पले डसेपछि गम्भीर घाइते भएकी कमलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको हो।

नगर प्रमुख हेमराज ओझाले छाउगोठमै सर्पले डसेको पुष्टि गर्दै छाउपडी कुप्रथाविरुद्ध अभियान जारी रहे पनि परम्परा हट्न नसकेको बताएका छन्।