कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर


काठमाडौं ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
लु

म्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।प्रहरीका अनुसार बसमा ३० जना सवार थिए। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, २० जनाको मध्यम र ६ जनाको सामान्य रहेको छ।

घाइतेहरूलाई संजीवनी सामुदायिक अस्पताल चन्द्रौटा र बुटवलस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनापछि सडक एकतर्फी सञ्चालनमा रहेको छ भने बस हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।