बलिउड अभिनेत्री आलिया भट्ट आफ्नै पूर्व पर्सनल असिस्टेन्टबाट ठगीको शिकार भएकी छन्।
उनको पूर्व असिस्टेन्ट वेदिका प्रकाशले दुई वर्षसम्म अभिनेत्री भट्टको व्यक्तिगत तथा प्रोडक्सन हाउसको खाताबाट लाखौं रुपिया“ चोरी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस मामलामा हालै मुम्बई प्रहरीले वेदिकालाई पक्राउ गरेको छ। वेदिकामाथि आलिया भट्टसग ७७ लाख रुपियाको ठगी गरेको आरोप लागेको छ।
आलियाकी आमा र अभिनेत्री सोनी राजदानले जनवरीमा वेदिका प्रकाशविरुद्ध ठगीको उजुरी जुहू प्रहरी कार्यालयमा दिएकी थिइन्। उनीमाथि धारा ३१६ (४) र ३१८ (४) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। त्यस बेलादेखि नै प्रहरी उनको खोजीमा लागेको थियो।
करिव ५ महिनादेखि फरार रहेकी उनलाई मुम्बई प्रहरीले बैंगलोरबाट पक्राउ गरेको हो। ३२ वर्षीया वेदिका पछिल्ला केही वर्षदेखि आलिया भट्टकी पर्सनल म्यानेजरका रूपमा काम गर्दै आइरहेकी थिइन्। समाचार अनुसार वेदिकाले मे २०२२ देखि अगस्ट २०२४ सम्म आलियाको व्यक्तिगत तथा प्रोडक्सन हाउस सनसाइन प्रोडक्सन प्रालिको खाताबाट पैसा चोरेकी थिइन्। आलियास“ग काम गर्दा वेदिकालाई अभिनेत्रीको वित्तीय जिम्मेवारीसमेत दिइएको थियो। समाचार अनुसार सो क्रममा उनले आलियास“ग नक्कली कागजहरूमा हस्ताक्षर गराएकी थिइन्। उनले यात्रा, मिटिङ र कार्यक्रमस“ग सम्बन्धित खर्चका नक्कली बिल बनाउदै आएकी थिइन्। जसका लागि उनले अनलाइन इमेजिङ एपहरू प्रयोग गर्थिन्।
पैसाको कारोबारमा वेदिकाले आफ्ना साथीहरूलाई पनि संलग्न गराएकी थिइन्। वेदिकालाई २०२४ मा आलियाले पर्सनल म्यानेजरको पदबाट हटाइएकी थिइन्। आलियाबाहेक पनि वेदिकाले केही अन्य कलाकारको म्यानेजरका रूपमा काम गरिसकेकी छन्। आलियाले सन् २०२१ मा शुरु गरेको सो प्रोडक्सन हाउसमार्फत शाहरुख खानको रेड चिल्ली प्रोडक्सनस“ग मिलेर डार्लिङ्स नामक फिल्म निर्माण गरेकी थिइन्। जसमा उनी र सेफाली शाह मुख्य भूमिकामा देखिएका थिए।











प्रतिक्रिया