नर्भिकमा इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सेवा शुरू


काठमाडौं ।

नर्भिक इन्टरनेसनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) शुरू गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको हो ।

यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ । यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए÷नभएको पत्ता लगाइन्छ । साथै, फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि ‘इबस’ बाट पत्ता लगाइन्छ ।
यसअघि यस्तो परीक्षण सरकारी स्तरमा वीर अस्पताल तथा बीपी कोइराला मेमोरियल अस्पताल धरानमा मात्र उपलब्ध भएकोमा निजी क्षेत्रमा नर्भिकले पहिलो पटक शुरू गरेको हो ।

अब फोक्सोको समस्या पत्ता लगाउन सहज भएको जिकिर गर्दै डा. आचार्यले भन्नुभयो– ‘अब यसैका लागि भारत धाउनुपर्ने अवस्था रहनेछैन । उहाँले ‘इबस’ ब्रोङकोस्कोपीभन्दा अत्याधुनिक तरिकाले परीक्षण गर्ने विधि रहेको पनि बताउनुभयो ।