काठमाडौँ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देशविदेशमा विविध कार्यक्रम गरी श्रद्धापूर्वक मनाइँदै छ। नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम जनतालाई धर्म, संस्कृति र साहित्यमा जोड्ने कार्य गरेका भानुभक्तको योगदानलाई स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको हो।
विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न प्रेरित गरेको इतिहास प्रसिद्ध छ। उनका ‘रामायण’, ‘वधुशिक्षा’, ‘भक्तमाला’ लगायत कृतिहरू नेपाली साहित्यको अमूल्य सम्पदा मानिन्छन्।
नेपालसँगै भारत, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका स्थानहरूमा पनि भानु जयन्ती उत्साहका साथ मनाइँदै आएको छ।











प्रतिक्रिया