पूर्वकप्तान सन्दीपको सम्मानमा स्याङ्जामा क्रिकेट मैदान बन्ने


स्याङ्जा ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५, थाप्लेस्थित सार्वजनिक गौचरनमा ‘नाइन्टिन ओ सेभेन अरिना’ नामक क्रिकेट रङ्गशालाको निर्माण कार्य शुरू गरिएको छ।

स्थानीयको जनश्रमदान र गाउँपालिकाको लगानीमा निर्माणाधीन यो मैदान ४५ मिटर वृत्ताकार फैलावटमा तयार हुँदैछ। राष्ट्रियस्तरको मापदण्डअनुसार बनिरहेको रङ्गशालाको निर्माण चालु आर्थिक वर्ष २०८१\८२ देखि शुरू भएको हो।