काठमाडौँ।
पूर्वमन्त्री एवम् राप्रपाका नेता पशुपति शमशेर जवरालाई शुक्रवार नागरिक जनसम्मान गरिएको छ । पशुपति शमशेर जबराको ८४ औँ जन्मोत्सवको अवसरमा उनलाई नागरिक जनसम्मान गरिएको समाजसेवी शोभित उप्रेतीले बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास प्रेमी नेता राणालाई राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनले सम्मानपत्र प्रदान गरेका थिए भने नागरिक जनसम्मान मूल समारोह समितिको तर्फबाट समाजसेवी शोभित उप्रेतीले सम्मानपत्र प्रदान गर्नु भएको मूल समारोह समितिका संयोजक नवीन शाहीले बताए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राप्रपा नेता माननीय पशुपति शमशेर राणाले आफ्नो प्राणमै राजनीति रहेको बताए । नेता राणाले विभिन्न कालखण्डमा आफूले विभिन्न मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको र त्यसबेला आफूले जनताको सेवा गरेको स्मरण समेत गरे ।
कार्यक्रममा पशुपति शमशेर राणाको जीवनीको बारेमा पूर्व सचिव द्वारीका ढुङ्गेलले जानकारी गराएकी थिइन् भने वटुक द्वारा आर्शिवाद प्रदान गरिएको थियो । त्यसैगरी काठमाडौँमा रहेका शक्तिपिठहरूमा पूजाअर्चना तथा विभिन्न ६० वटा संघ– संस्थाको तर्फबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
नागरिक जनसम्मान मूल समारोह समितिका संयोजक नवीन शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।











प्रतिक्रिया