काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले सेवाग्राहीलाई छिटो, छरितो र आत्मीय व्यवहारसहित सेवा प्रवाह गर्न आजदेखि नैतिक संहिता (Code of Ethics) लागू गरेको छ।
अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालाका अनुसार, अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय कानुनअनुसार सेवामा पारदर्शिता र नतिजामुखी काम गर्न कर्मचारीलाई नैतिक संहिता लागू गरिएको हो।
संहिताअनुसार:
प्रस्थान गर्ने यात्रुलाई ‘Have a nice journey’ भन्ने,
नेपाल प्रवेश गर्ने यात्रुलाई ‘Welcome in Nepal, Have a nice day’ भन्ने,
खाडी मुलुकमा काम गर्न जाने यात्रुसँग सम्मानजनक व्यवहार गर्ने,
विदेशी पर्यटकसँग आत्मीय हाउभाउ र बोलीमा मिठास देखाउने,
आवश्यक प्रश्न मात्र गर्ने र रुखो व्यवहार नगर्ने व्यवस्था गरिएको छ।
यात्रुहरूले अध्यागमन सेवामा कस्तो व्यवहार पाए भन्ने जानकारी दिनका लागि १५ वटा डेस्कमा ‘एग्जिट सर्भे’ राखिएको र उत्कृष्ट, सन्तोषजनक वा औसत सेवा छनोट गर्न सकिने व्यवस्था गरिएको अध्यागमन कार्यालयले जनाएको छ।
कार्यालयले सबै यात्रुहरूलाई सर्भेमा सहभागी भई आफ्ना प्रतिक्रिया दिन आग्रह गरेको छ।












प्रतिक्रिया