केरुङमा अलपत्र नेपालीको उद्धार गर्न डा. शेखर कोइरालाको सरकारलाई आग्रह


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। रसुवागढीको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केरुङ गएका नेपालीहरू आवतजावत बन्द हुँदा अलपत्र परेका हुन्।

कोइरालाले फेसबुकमार्फत ती नेपालीहरूलाई वैकल्पिक मार्गबाट फर्काउन र खाद्यान्न, बास तथा औषधीको व्यवस्था गर्न चीन सरकारसँग समन्वय गर्नुपर्ने बताएका छन्।