यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार देखिएको छ। परीक्षामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका छन्। गतवर्षको तुलनामा झण्डै १३ प्रतिशत वृद्धी भएको छ। एकैवर्षमा यतिका धेरै विद्यार्थी उतिर्ण भएका छन्। अधिकांस सरोकारवालाले प्रधानमन्त्रीदेखि,शिक्षक, विद्यार्थी र अभिभावक लगायतले गम्भीर चासो देखाएको कारण परीक्षाफलमा सुधार आएको छ।
प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण गर्ने शैलीमा परिवर्तन भएको कारण उतिर्ण प्रतिशत बढेको हो। शिक्षाविद् प्राडा वालचन्द्र लुईटेलले शिक्षकले कक्षा कोठामा शिक्षकको उपस्तिथित नियमित भएको पढाउने शैलीमा परिवर्त र परीक्षाको विषयमा विद्यार्थीलाई लगातार जनचेतना बढाएको कारण सकरात्मक परिवर्तन भएको बताउनुभयो।
गतवर्षको लेटरग्रेडिङ प्रणालीमा आएको परिवर्तनको कारण उत्कृष्ठ परीक्षाफल आएका धारणा छ पुर्व शिक्षा सचिव डा खगराज बराल। उहा भन्नुहुन्छ–लेटरग्रेडिङ प्रणाली लागुहुनुअघि सबै विद्यार्थी पास हुने शासमा पढाई खस्केको थियो। ‘अहिले एनजी (नन इलिजेवल ) को व्यवस्था गरेपछि सुधार भएको छ।
नयाँ व्यवस्था अनुसार एनजी आए फेरी परीक्षा दिनुपर्ने हुन्छ। अर्थात एनजी भन्नाले अनुतिर्ण वा सो सरह हो। एनजी ल्याउने विद्यार्थीले फेरी परीक्षा दिनुपर्ने भएपछि विद्यालयले पढाईमा कडाई गर्न थालेको हो।
एनजीको व्यवस्थासंगै पास हुनेगरी पढाउने संस्कारमा वृद्धी भएपति उतिर्ण प्रतिशत बढ्नु स्वभाविक भएको उहाको धारणा थियो। ६१ प्रतिशत पुगेको छ। आउँदो वर्ष थप वृद्धी भएमा परीक्षामा सुधार भएको मान्न सकिने बरालको धारणा थियो। गतवर्ष झण्डै ४८ प्रतिशतमात्र थियो। योवर्ष ६१ प्रतिशत पुगेको छ। यस्लाई बढाउन थपयोजनाअघि बढाउने तयारी सरकारको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले पढाईको स्तरमा सुधार भएकोले परीक्षाफलमा पनि सुधार आएको दाबी गर्नुभयो। भन्नुभयो–सरकारको मेहेनतको कारण परीक्षाफलमा सुधार भएको हो। यही अवस्थाकै परीक्षाफलमा सुधार गर्न सरोकारवालेले अथक प्रयास अनिवार्य छ।
अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिले ले ब्यापक सुधार भएछ भन्ने अवस्था नभएको दाबी गर्नुभयो। ‘अर्कोवर्ष कस्तो नतिजा आउछ त्यसपछिमात्र भन्न सकिन्छ’–उहाले भन्नुभयो। यतिधेरै प्रतिशत बढ्नुमा शंका छ। ‘कृपाङक बढी दिएको हो कि ? सुधार भएको हो। भन्ने विषयमा अझै विष्लेषण गर्ने अवस्था भएको छैन–उहाको भनाई थियो।
एकवर्षमा १० प्रतिशत बढ्छ, एकैपटक यतिधेरै ग्राफ कसरी माथि आयो ? १३ प्रतिशत किन बढ्यो ? भन्ने विषयमा अझै अनुसन्धान गर्नुपर्ने उहा“को भनाई छ। आगामीवर्ष यही अनुसार बढे परीक्षाफलको प्रतिशत बढेको स्वीकार हुन्छ, हैन भने अनुसन्धान नगरी भन्नुउचित हुदैन–भण्डारीको भनाई थियो। ‘गत वर्षको नतिजाले डरलाग्दो अवस्था देखाएको थियो। योवर्ष केही सुधारको संकेत देखाएको छ। सकारात्मक भएको सबैको धारणा थियो।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा सुधार भएको भन्दै ६१ प्रतिशत उतिर्ण गराएको हो। यो वर्ष नियमिततर्फ ४ लाख ३८ हजार ८सय ६ जनासहभागी थिए। गत वर्ष ४७ दशमलव ८७ प्रतिशतमात्र उत्तीर्ण भएका थिए। २०८१ सालको एसईईको तुलनामा यसवर्ष १३ दशमलब ९५ प्रतिशत बढी उत्तीर्ण छन्।
गतवर्ष २ लाख २२ हजार ७ सय ७२ जनाले ननग्रेड (एनजी) पाएका थिए। यस वर्ष १ लाख ६७ हजार ५ सय ९७ जनाले ननग्रेड पाएका छन। ननग्रेड ल्याएका विद्यार्थीले आगामी साउन २९ गते पुरक परीक्षा दिने व्यवस्था गरेको छ। यो वर्षबाट गतवर्ष जारी निर्देशिकामा भएको संसोधनकै आधारमा मौका परीक्षा मा सहभागी हुन पाउनेछन्। यो वर्षबाट दुईवटामात्रै होइन जतिवटा विषय लागेपनि पुरक परीक्षामा सहभागि हुन पाउनेछन।
अघिल्लो बर्ष भएको संशोधनले दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्थालाई बदलेर श्रेष्ठले दुई भन्दा बढी विषयमा नन्ग्रेडेड ल्याउने विद्याथीले मौका परीक्षामा सहभागि हुन पाउनेछन्।
यो वर्षको परीक्षामा सबैभन्दा धेरै नन्ग्रेडेड ल्याउने प्रदेशमा मधेशप्रदेश हो। मधेस प्रदेशमा नियमिततर्फ सहभागी ५९ हजार सात सय ४९ विद्यार्थी मध्ये ४२ हजार ७ सय ७९ जना नन्ग्रेडेड भएका बोर्डले जनाएको छ। सबैभन्दा कम बागमती मा ननग्रडेड ल्याएको हो।
बागमतीमा परीक्षामा सहभागी १ लाख १९ हजार ५ सय १७ विद्यार्थी सहभागी भएकोमा २० हजार ९ सय ४७ जना नन् ग्रेडेड भएका छन्। यस्तै गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ११ हजार ३ सय २८ विद्यार्थी नन् ग्रेडेड भएका छन्।

एनजी उल्लेख भएका विद्यार्थी अनुतिर्ण सरह हुन। उनीहरुले पुनः उतिर्ण भएपछि मात्र माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था छ। सरकारले लेटर ग्रेडिङ प्रणाली –२०७८ लागु गराएपछि पहिलो पटक यस्तो व्यवस्था भएको हो।
यसरी छानौं विषय
एसईईको नतिजा आए लगतै विद्यार्थीहरूले आफूले पढ्न चाहेको विषय, स्कुल छनोट गर्न स्कुल मै पुगेर वा विभिन्न माध्यमबाट बुझ्ने गरेका छन्। तर विद्यार्थीहरूलाई के पढ्ने, कुन क्षेत्रमा जाने भन्ने दुबिधा हुनु स्वाभाविक हो। एसईईपछि विद्यार्थीहरूका लागि विभिन्न विकल्पहरू रहेका छन्। माध्यमिकतह (कक्षा ११ र १२) अध्ययन गर्नका लागि विद्यार्थीहरूले आफूलाई उपयुक्त हुने विकल्प छनोट गर्न सक्छन्।
नेपालको सन्दर्भमा एसईईपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्न सक्छन् भने अन्तर्राष्ट्रिय डिग्रीका लागि ए लेभल, आईबी र सीबीएससी मध्ये एउटा छनोट गरेर अध्ययन गर्न सक्छन्।
कक्षा ११ मा विषय छनोट
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत विद्यार्थीहरूले कक्षा ११ मा तीन वटा अनिवार्य जसमा अङ्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अथवा गणित लिनै पर्ने हुन्छ। त्यसपछि तीन वटा ऐच्छिक विषय पढ्नु पर्ने हुन्छ। साथै विद्यार्थीले आफूले पढ्न सक्छु भन्ने लाग्दा थप एक विषय ऐच्छिक रूपमा लिने सक्ने व्यवस्था रहेको छ। त्यसका लागि भने आफूले पढ्ने स्कुलमा छ छैन विचार गर्नुपर्ने हुन्छ। विदेशी विद्यार्थीको हकमा कक्षा ११ र १२ मा नेपालका विद्यालयमा अध्ययन गर्न चाहेको अवस्थामा अनिवार्य नेपाली विषयको सट्टामा ऐच्छिक समूहमा रहेको अङ्रेजी विषय पढ्न पाउने तथा ऐच्छिकमा उक्त विषय बाहेक अन्य कुनै एक विषय छनोट गरी पढ्न सक्ने छन्।
तर विद्यार्थीले ऐच्छिक विषय छनोट गर्दा उच्च शिक्षामा आफू कुन क्षेत्रमा जाने हो सोही अनुसार विद्यार्थीले ऐच्छिक विषय छनोट गर्नुपर्ने हुन्छ। यसमा ध्यान दिनुपर्ने कुरा भने विश्वविद्यालयमा भर्ना प्रक्रिया कस्तो छ, कक्षा ११ र १२ मा कुन विषय पढेकाले विश्वविद्यालयमा कुन कुन संकाय अन्तर्गत भर्ना हुन पाइन्छ त्यसलाई पनि ध्यान दिन आवश्यक छ।
प्राविधिक शिक्षा
नेपाल सरकारले सञ्चालन गरेको प्राविधिक धारमा पनि विद्यार्थीहरू कक्षा ११ र १२ मा पा“च विषय सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बालि विज्ञान र पशु विज्ञानमा भर्ना भएर पढ्न पाइन्छ। नेपाल सकारले कक्षा ९ बाटै यो धारमा पढ्नुपर्ने व्यवस्था गरेपनि सिटिइभिटीबाट सम्बन्धीत विधागत विषयमा १८ महिने कोर्स (टिएसएलसी) गरेका विद्यार्थीले यी विषयमा भर्ना भएर पढ्न पाउछन्।
यसैगरी सिटिइभिटीले एसईई दिएका विद्यार्थीहरूलाई मध्येनजर गर्दै विभिन्न कोर्षहरू सञ्चालन गर्दै आईरहेको छ। एसईईपछिका विद्यार्थीहरूका लागि सिटिइभिटीले डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत अनमी, भेटनरी विज्ञान, वनस्पति विज्ञान, कम्प्युटर विज्ञान, सिभिल, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङ, ल्याब टेक्निसियन जस्ता विषयहरूको पढाई हुन्छ। प्राविधिक शिक्षा सीप र जीविकोपार्जनसँग जोडिएको शिक्षा हो। प्राविधिक शिक्षाले व्यवहारिक र प्रयोगात्मक शिक्षामा बढी जोड दिएको हुन्छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा नयाँ विद्यार्थी भर्ना गर्दा एसईई÷एसएलसीको प्राप्ताङ्कको आधारमा प्रवेश परीक्षा नदिइ सिधै भर्ना गर्न मिल्ने व्यवस्था गरेको छ।
सम्पूर्ण कार्यक्रमहरूको शैक्षिक सत्र २०८२\०८३ देखि अनलाईन आवेदन फाराम भराई एसईई÷ एसएलसीको प्राप्ताङ्कको आधारमा छनौट हुने छ। एसईईको प्राप्ताङ्कलाई जिपिए ४ अंक भार हुनेछ। जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अंक र संस्थागत विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अंक गणना गरी योग्यताक्रम निर्धारण गर्ने गरी विद्यार्थी छनौट गरिनेछ।
छिट्टै स्वरोजगार बन्न चाहने विद्यार्थीहरूले सीटीईभीटी अन्तर्गतका विषयहरू अध्ययन गर्दा राम्रो हुन्छ। अन्य विषयहरूको तुलनामा प्राविधिक विषय अध्ययन गर्दा छिटो समयमा अध्ययन सकेर रोजगार प्राप्त गर्न सकिन्छ।

ए लेभल
क्याम्ब्रिज विश्वविद्यालयद्वारा उपलब्ध एडभान्स लेभल जनरल सर्टिफिकेसन अफ एजुकेशन नेपालमा ए लेभलका रूपमा पढाई हुँदै आएको छ। नेपालमा करिब ३२ वर्ष अघिदेखि यो विषय पढाई भईरहेको छ। यो दुई वर्षे कोर्स हो। एसईईपछि विद्यार्थीहरूले यो कोर्स अध्ययन गर्न सक्छन्। यो कोर्सले कक्षा ११ र १२ सरहको मान्यता पाएको छ। विश्वका धेरै मुलुकमा ७० वटा विषयमध्येबाट छनोट गर्न पाइने भए पनि नेपालमा भने १८ वटामध्येबाट छानेर चारवटा विषय पढ्नुपर्ने हुन्छ। यसको ६÷६ महिनामा परीक्षा हुन्छ भने एकचोटिमा ३ वटा विषयको परीक्षा अनिवार्य दिनुपर्छ। यो कोर्स अध्ययन गरेका विद्यार्थीहरूले विश्वका धेरैजसो देशमा गएर पनि अध्ययन गर्न पाउनेछन्।
आईबी
नेपालमा सन् २००९ देखि आईबी डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याइएको छ। एसईईपछि डिप्लोमा तहमा यो कोर्स अध्ययन गर्न सकिन्छ। दुई वर्षको यो कोर्स पढ्नका लागि थोरै स्कुलहरूले मात्रै यो कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यो कोर्स अध्ययन गर्नका लागि विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। आईबी डिप्लोमा कार्यक्रम अन्तर्गत ६ वटा विषय समूह हुन्छ। यसका अतिरिक्त तीन वटा मुख्य कोर विषयहरू पनि अध्ययन गर्नुपर्छ।
कोशीमा ४७ हजार ८ सय ३५ मध्ये २३ हजार छ सय ३१ नन् ग्रेडेड भएका छन्। लुम्बिीनीमा ५७ हजार ६ सय ८७ मध्ये २८ हजार २सय ७४, कर्णालीमा ४६ हजार ४ सय ५५ मध्ये १३ हजार ७ सय ६५ र सुदुर पश्चिममा ५९ हजार ८ सय ४ मध्ये २६ हनार ८ सय ७४ जना विद्यार्थी नन्ग्रेडेड भएका छन् ।
यो वर्षको परीक्षामा सबैभन्दा बढी ननग्रडेड ल्याउने विद्यार्थी गणित विषयमा छन्। गणितमा १ लाख २८ हजार २ सय १५ जना छन्। गणितपछि अंग्रेजीमा ८० हजार ६ सय ७२, विज्ञानमा ७९ हजार २ सय ७१, नेपालीमा ५४ हजार ७ सय ३५ र सामाजिकमा ४२ हजार १ सय ५० सामाजिकमा ननग्रेड पाएका छन। एसईई कार्यालयले नतिजा चित्त नबुझे २३ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने जनाएको छ।
बोर्डले योवर्षको पुरक परीक्षा साउन २९ गतेबाट सञ्चालन हुनेछ। परीक्षामा उतिर्ण हुने विद्यार्थीले नतिजामा सैद्धान्तिकतर्फ ७५ अङकको परीक्षामा ३५ प्रतिशत अर्थात २७ अङक नल्याए एनजी उल्लेख गरिने छ।
खर्च
विज्ञान र प्राविधिक विषय सबैभन्दा खर्चिलो पढाइ हो। खर्च शिक्षाशास्त्र र मानविकी र कानुन लगायतका विषय अध्ययनमा कम खर्च लाग्छ। विज्ञान विषय छनौट गर्दा प्रयोगात्मक परीक्षालाई बढी जोड दिएको कारण तुलनात्मक रुपमा महंगो हुनु स्वभाविक हो।
विषय छनोट गर्दा विद्यार्थीले आफ्ना अभिभावकको आर्थिक हैसियतका बारेमा पनि विचार गर्नुपर्दछ। त्यसपछिमात्र विद्यालय छनौट गर्दा वेश हुन्छ। हुन त छात्रवृत्तिको व्यवस्था पनि छ। उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई कलेजबाटै छात्रवृतिको व्यवस्था हुन्छ। त्यसबाहेक सरकारले सबै विद्यालयलाई अनिवार्य रुपमा १० प्रतिशत छात्रवृति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। उक्त कोटामा पर्न तोकिएको मापदण्ड पुरा गर्नुपर्नेहन्छ।
जेहेन्दार विद्यार्थीले छात्रवृतिमा पढ्दा उत्कृष्ठ नतिजा ल्याएका थुप्रै उदाहरण छ। तर छात्रवृतिको नाममा विज्ञान विषय पढ्ने अनि पछि विषय परिवर्तन गर्ने ? बानीले पढाइमा असर गर्न सक्छ। तसर्थ महंगो र सस्तो खर्चको हिसाबकिताब गर्नुभन्दा आफुले चाहना राखेको र वावुआमाको कमाइलाई आधार मानेर विषय छनौट गर्नु उचित हुन्छ।
निजी कलेजमा अध्ययन गर्न बढी खर्चिलो छ। सामुदायिक कलेजमा भने कम खर्च भए पुग्छ। उच्च माध्यमिक तहको अध्ययन गर्दा निजी विद्यालयमा १ लाख देखि २ लाख ५० हजार रुपियाँ सम्म (दुई वर्षको) खर्च लाग्छ। सामुदायिकमा अध्ययन गर्दा दुई वर्षभरि सरदर ४० हजार रुपियाँ भए पुग्छ।
व्यवस्थापन विषयमा अध्ययन गर्दा निजी विद्यालयमा सरदर ६० हजारदेखि १ लाख २० हजार रुपियाँसम्म, मानविकी विषयका लागि ५० देखि ९० हजार रुपियाँसम्म र शिक्षाशास्त्रका लागि ५० हजारदेखि ७० हजार रुपियाँसम्म खर्च लाग्छ। जबकी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हो भने व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा दुईवर्षका लागि सरदर ३० हजार रुपियाँले लाग्न सक्छ।











प्रतिक्रिया