ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफनाे नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरुप उनीहरूको नाममा पुरस्कार स्थापना गरी कलाकर्मीलाई प्रदान गरेकी छन्।
अभिनेत्री शर्माले गुरु पूर्णिमाको अवसर पारेर बिहिवार राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभा हलमा सम्पन्न नेपाल पूर्व प्रहरी कलाकार संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरुप उनीहरूको नाममा गत साल स्थापित सम्मान प्रदान गरेकी हुन्। कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई राजपाल थापा नृत्य साधना सम्मान २०८२, साहित्यकार रमण घिमिरेलाई चेतन कार्की गीती वाङ्मय सम्मान २०८२, वरिष्ठ संगितकार प्रकाश गुरुङ्लाई गोपाल योञ्जन संगित साधना सम्मान २०८२ र वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई हाडा एन्ड पाल हास्य वाङ्मय सम्मान २०८२ बाट सम्मानित गरिएको हो। संगीतकार गुरुङ देशबाहिर रहेकाले उनको सम्मान उनका छोरा रजय गुरुङले ग्रहण गरेका थिए।
कलाकर्मीलाई प्रमुख अतिथि प्रहरी महानिरीक्ष्ँक दीपक थापा, पूर्व प्रहरी महानिरीक्ष्ँक मोतीलाल बोहरा अभिनेत्री हरिहर शर्मा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, मिथिला शर्मा, गौरी मल्ललगायतले सम्मान प्रदान गरेका थिए।
समारोहमा बोल्दै संघकी सल्लाहकार मिथिला शर्माले आफू जन्मिएको नेपाल पुलिस क्लबमा उभिएर गुरुहरूलाई सम्मान गर्न पाउ“दा भावुक भएको बताइन्। ‘अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई गुरु दक्षिणास्वरुप यो सम्मान स्थापना गरेकी हु“। विगतले अंश माग्दैन, तर ३ सय ६५ दिनमा आजको यो विशेष १ दिन गुरुहरूलाई सम्झिएर कार्यक्रम गर्दा गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास सम्झिइरहेकी छु’ शर्माले भनिन् ‘आमा बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकि“दैन। तर पनि उहा“हरूको नाममा केही गरेर सदा आशीर्वाद पाईरहु“ जस्तो लाग्छ।’
प्रहरी महानिरीक्षक दीपक थापाले संघको वार्षिकोत्सव मात्रै नभई रचनात्मक र सिर्जनात्मक कार्यक्रम भएको भन्दै आफू स्रष्टा कलाकार नभए पनि प्रहरी संगठन र व्यतिmगत तर्फबाट संघलाई सहयोग गर्ने बताए। थापाले राष्ट्रिय र अन्तराष्ट्रिय कार्यक्रममा सेना, प्रहरी र सशस्त्र प्रहरीका कलाकारले धानेको दाबी गर्दै कलाकारले देशको गहना भएको र उनीहरूले देशको वास्तविक अवस्थाको चित्रण गर्दै समाजलाई पथप्रदर्शकको काम गरेको चर्चा गरे। ‘कुनै बेला महेन्द्र पुलिस क्लब भन्ने बित्तिकै राम्रा खेलडी तथा कलाकारको कार्य स्मरण हुन्थ्यो। तर कलाकारलाई दर्शकको ताली मात्रले पुग्दोरहेनछ। जीवनयापनका लागि यथेस्ट स्रोत र साधनको आवश्यक पर्दछ’ थापाले भने।
सम्मानित कलाकारको तर्फबाट बोल्दै अभिनेत्री वसुन्धराले भुसालले २०२३ सालमा श्रीमान् र आफ्नो भेट प्रहरी क्लबमै नृत्य गर्ने क्रममा भएको स्मरण गरिन्। ‘आज सोही क्लबमा सम्मानित हुन पाउदा भावुक भएको छु। श्रीमानसग मेरो प्रहरी क्लबमै भेट भएको थियो। श्रीमान् प्रहरी कलाकार नभएको भए म अगाडि आउन सक्दिन थिए“ होला। मिथिला बहिनी त्यो बेला मेरो प्रिय बाल कलाकार थिइन्। आज उसैले यो हलमा कार्यक्रम गरेर सम्मान गर्दा निकै भावुक भएकी छु। मैले अभिनय गर्दा जोकर्नी भनेर हेपिन्थ्यो। तर यही क्षेत्रबाट यो उच्च सम्मान पाउ“दा अन्य सम्मान भन्दा निकै महत्वपूर्ण महसुस गरेकी छु। उसले सम्मानको रकम पनि खुलाएको छैन।
म गुरु भेटी सम्झेर आज दिइएको यो खाम नखोली राख्छु भुसालले भनिन्।प्रहरी कलाकारको गुरु वन्दनाबाट सुरु भएको समारोहमा सम्मानित कलाकारहरूको बारेमा श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो भने संघका संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। त्यस्तै संघका सचिव सरोजकुमार मैनालीद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो। अध्यक्ष रामबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गायिका बिमला राई, संरक्षक क्षेत्रबहादुर गुरुङ, प्रहरी कलाकारहरू जलमाया गुरुङ, कल्पना गुरुङ, दानबहादुर गुरुङ, लालबहादुर गुरुङ, सबिना गुरुङ हरि श्रेष्ठ, नूतन राई, तोर्जे तामाङ, तीर्थ कुमार श्रेष्ठ, दिलिप नेपालीलगायतले गीत, नृत्य र प्रहसन प्रस्तुत गरेका थिए।











प्रतिक्रिया