फिल्म मिरमिरेको छायांकन शुरू भएको छ।फिल्मको हालै पनौती नगरपालीका ११ बलथलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकन शुरू गरिएको हो।
फिल्मको सुटिङ सेड्युल ३५ दिन रहेको निर्देशक यम शेर्पाले जानकारी गराए। दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा बाल–कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायतले अभिनय गर्ने फिल्म यार्सा फिल्म्स्को ब्यानरमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले निर्माण गरिरहेका छन्।
निर्देशक शेर्पाकै कथा लेखन रहेको फिल्ममा गोविन्द बोहरा, सुदीप कुँवर र ईश्वर श्रेष्ठ सह निर्माता तथा रोहित कट्टेल कार्यकारी निर्माता रहेका छन्। फिल्मको छायांकन आलोक शुक्लाले गरिरहेका छन्। फिल्म यसै वर्ष रिलिज हुने जनाइएको छ।











प्रतिक्रिया