लोकप्रिय हास्य कलाकार विलसन विक्रम राई (तक्मे बुढा) ले मैझारो नामक फिल्म निर्देशन गर्ने भएका छन्।
राईले अभिनेताका रूपमा धीरज मगरलाई अनुबन्ध गर्दै आफ्नो होम प्रोडक्सन तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म निर्माणको घोषणा गरेका हुन्। फिल्मको लेखन तथा निर्देशन विल्सनले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हुनेछ।
अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहने फिल्म सौरभ लामाले छायांकन गर्नेछन्। फिल्म साउनको पहिलो साताबाट सुटिङ फ्लोरमा जानेछ। निर्देशक राईले फिल्मको छायांकन इलाम र पा“चथरका रमणीय स्थानमा गर्ने जानकारी गराए। उनका अनुसार सामाजिक कथावस्तुमा आधारित फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ।











प्रतिक्रिया