काठमाडौं ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलबाट बाहिरीने यात्रुलाई खादा मालालगायत सजावटका वस्तु प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयले बिहीबार दुई बुँदे निर्देशन जारीगरी अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज सञ्चालनका लागि नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई यस्तो निर्देशन जारी गरेको हो ।
अध्यागमन क्षेत्र एक संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले कुनैपनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि वा पहिरन वा पहिचान वा खास संकेत खुल्ने आभूषण वा सोहीसँग जोडिएका सामग्री खादा, माला, चस्मा, फरक किसिमको टोपी निषेध गरिएको हो । अध्यागमन प्रशासन एवम् सुरक्षा व्यवस्थामा पु¥याउन सक्ने असरलाई मध्यनजर गर्दै सबै प्रकारका वस्तु प्रवेशमा निषेध गरिएको दुई बँुदे निर्देशनमा भनिएको छ ।
खादा,माला वा सोही प्रकृतिका वस्तुहरू अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला वा यस्तै अन्य सजावटी वस्तुहरूको प्रयोग नगर्नुहोला । यी वस्तुहरूले प्रयोगले अध्यागमन प्रशासनको कार्यमा जोखिमको सम्भावना बढ्ने एवं अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले यस्तो वस्तुहरूको प्रयोग निषेध गरिएको बताइएको छ ।
त्यस्तै दोस्रो नम्बर बुँदामा खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरू कुनै विशेष समूह, संगठन, वा ट्राभल एजेन्सी÷म्यान पावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज, वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन । यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्ने प्रयोजनको लागि यो नियम लागू गरिएको उल्लेख छ ।नियमको उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनसक्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।











प्रतिक्रिया