कांग्रेसमा अनुशासन कारबाहीले राजनीतिमा हलचल, शेखर समूहको कडा असहमति

5.26k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको दुई दिनपछि पार्टी अनुशासन समितिले १८ जना नेता–कार्यकर्तामाथि कारबाहीको निर्णय सार्वजनिक गरेपछि कांग्रेसभित्र विवाद चर्किएको छ। कारबाहीमा परेका अधिकांश नेता शेखर कोइराला समूहका भएकाले उक्त समूहले कारबाहीलाई पक्षपातपूर्ण, एकतर्फी र विधानविपरीत भन्दै कडा आपत्ति जनाएको छ।

कोइराला समूहले कारबाहीविरुद्ध आकस्मिक बैठक बोलाउँदै न्यायको लडाइँ लड्ने बताएको छ। समितिमा संस्थापन पक्षको बहुमत रहेको र सहमति विपरीत निर्णय सार्वजनिक गरिएको आरोप कोइराला पक्षको छ। कारबाही निर्णय पुनरावलोकनका लागि केन्द्रीय समितिमा लैजाने तयारी भइरहेको बताइएको छ।

अनुशासन समितिले निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको जनाएको छ। तर कोइराला पक्षले यो निर्णय विचारधारात्मक बहस दबाउन र विपक्षी समूह पेल्न गरिएको दाबी गरेको छ।