काठमाडौँ ।
बलिउड अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अन्याय भएको टिप्पणी गरेकी छिन्।
राजनीतिक प्रतिशोधले सभापति लामिछानेमाथि अन्याय भएको भन्दै रिहाइका लागि पहल गर्दै आएको रास्वपाले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउन वनस्थलीस्थित कार्यालय पुगेकी अभिनेत्री कोइरालाले सो टिप्पणी गरेकी हुन् ।
‘आम नागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ, यो सबैको बुझाइ रहेको छ, त्यसैको लागि म आएको हुँ,” हस्ताक्षरपछि बाहिरिने क्रममा उनले छोटो प्रतिक्रिया दिँदै भनिन् ।
यसअघि पनि दुई दर्जन कलाकार वनस्थलीस्थित घन्टी घरमा पुगेर रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी भएका थिए ।











प्रतिक्रिया