काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका केही नेताहरूमाथि कारबाही गरेपछि, कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो सम्पर्क कार्यलयमा महत्वपूर्ण बैठक आह्वान गरेका छन् । बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायतका केन्द्रीय सदस्यहरू सहभागी थिए ।
बैठकमा कारबाहीमा परेका नेताहरूप्रति अन्याय हुन नदिने र न्याय दिलाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले कारबाही प्रक्रिया बिधान विपरीत र एकतर्फी भएको दाबी गर्दै, सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निर्णय गरेका हुन्।
उपसभापति धनराज गुरुङले भने, “सभापति, उपसभापति र महामन्त्रीहरूबीच अनुशासन समितिको फाइल हाल नचलाउने सहमति भएको थियो। तर अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति जारी गरी कारबाही गरेका छन्।”
पार्टी भित्र यसलाई शसक्त रूपमा विरोध गर्दै कारबाहीलाई मान्ने छैनौं भन्ने प्रतिवद्धता बैठकमा व्यक्त गरेका हुन् ।











प्रतिक्रिया