काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको आज बालुवाटारमा हुन लागेको सिनेट बैठकप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गम्भीर आपत्ति जनाएको छ।
विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई बाहिर राखेर बोलाइएको बैठकलाई अलोकतान्त्रिक र अमान्य भन्दै संघले विरोध जनाएको हो। अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उपकुलपति नियुक्तिमा मेरिटोक्रेसीको अवमूल्यन भएको र सिफारिसका भरमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाइएको छ।
संघले विश्वविद्यालय सुधारका नाममा सत्ता नियन्त्रण मात्र खोजिएको भन्दै चरणबद्ध आन्दोलनको चेतावनीसमेत दिएको छ।












प्रतिक्रिया