दिल्लीमा विहानै ४.४ म्याग्निच्युडको भूकम्प, त्रास फैलियो


काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ५:३६ बजे महसूस गरिएको भूकम्पको धक्का दिल्ली, नोएडा, गुरुग्राम लगायतका क्षेत्रमा महशुस गरिएको हो।

भूकम्पको समय छोटो भए पनि मानिसहरू डरले घरबाहिर निस्कन बाध्य भएका थिए। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर आएको छैन। स्थानीय सरकारले सतर्क रहन अनुरोध गरेको छ।