भोलि शुक्रवारदेखि रिलिजमा आउने फिल्म यो मन त मेरो नेपाली होको शीर्ष गीत हालै सार्वजनिक गरिएको छ।
देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्मको शीर्ष गीतको भिडियोमा यसका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानलगायले अभिनय गरेका छन्।
जहरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द रचना र कमल रसाइलीको गायन रहेको छ। गीतले फिल्मको कथावस्तु दर्शाएको छ।कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २ सय जति राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा मित्र प्रधानद्वारा प्रस्तुत तथा ज्ञानबहादुर प्रधान (रोशन) द्वारा निर्मित फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौलालगायतले पनि अभिनय गरेका छन्।
मित्र प्रधान (नर) को निर्देशनमा बनेको फिल्ममा शिवम् अधिकारीको लेखन, दीपक शर्मा , विल्सन विक्रम राई र शंकर अधिकारी घायलको शब्द रचना, अनिश अधिकारीको शब्द संकलन, दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, सौरभ लामाको छायांकन, समीर मियाको भिएफएक्स र बनिश शाहको सम्पादन रहेको छ।











प्रतिक्रिया