सुगम र समीक्षाको स्वरमा माया बस्यो


गायक गायिका सुगम पोखरेल र समीक्षा अधिकारीको स्वरमा माया बस्यो बोलको गीत
भिडियोसहित सार्वजनिक गरिएको छ।

योगेशकाजी शाहको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियो मोडल तथा कलाकार निराजन प्रधानले निर्देशन गरेका छन्। फोटो कथाको प्रस्तुतिमा निर्मित गीतको भिडियोमा राघव दाहाल र केकी अधिकारीले अभिनय गरेका छन्।

गीतको भिडियोमा प्रेमिल जोडीको प्रेम छ। अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट शुरू हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ। सुख–दुःख सगै काट्ने वाचा गर्दै एकअर्कालाई जिन्दगी सुम्पने प्रणसगै सरगम घतानले लेखेको गीत टुंगिन्छ।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन तिवारीको डिओपी तथा प्रवीन श्रेष्ठको सम्पादन र रंग संयोजन रहेको छ।